Sajhamanch Archive

बाल महोत्सवमा गायनतर्फ प्रथम भइन् पेरिस

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापा कमल गाउँपालिका ३ केर्खा की ११ वर्षीय पेरिस बोहोरा हालै झापाको दमकमा सम्पन्न वाल महोत्सवमा गायनमा जुनियरतर्फ प्रथम भएकी छन् ।

केर्खा स्थित निहारीका ईङ्गलिस स्कुलमा कक्षा ५ अध्ययनरत पेरिस २० जनालाई प्रतिश्पर्धालाई पछि पार्दै प्रतियोगितामा प्रथम भएकी हुन् ।
पढाईका साथ साथै गायनलाई पनि अगाडी बढाउदै आएकी पेरिस कक्षामा प्रथम हुँदै आईरहेकी छन् । कक्षामा अत्यन्तै ईमान्दार पढाईमा हमेसा अब्बल हँुदै आएकी पेरिस प्याप्सनले गरेका हरेक कार्यक्रममा समेत उत्कृष्ट प्रस्तुति रहेको उनी अध्ययनरत निहारीका ईङ्गलिस स्कुलका प्रिन्सिपल गोपाल पाण्डे बताए ।

पछिल्लो समय आफ्नो गायन प्रतिभालाई अझै निपूर्ण बनाउन पेरिस दमक स्थित बिहानी कला केन्द्रमा हप्ताको एक दिन गायन सम्बन्धि प्रशिक्षण लिदै छन् । उनी प्रशिक्षणरत केन्द्रका सन्चालक कमल खनालका अनुसार पेरिसमा परिपक्क मानिसको जस्तो स्वभाव रहेको छ ।
गायनको प्रशिक्षण लिरहेका बेला उनिमा अरु कुनै कुराको ध्यान जादैन सिर्फ उनी त्यसैमा हराउँछिन् यस्तो स्वभाव प्राय कमैमा हुने खनालको बुझाई छ ।

पढाईका साथै गायन लाई अगाडी बढाउदै आएकी पेरिस भविष्यमा डाक्टर बन्ने ईच्छा रहेको बताउँछिन् । आफुलाई सबै भन्दा अग्रेजी विषय मनपर्ने बताउँछिन् । उनलाई प्रायः आधुनिक गाना मन पर्छ । कुन मन्दिरमा जान्छौ यात्रि वोलको गाना गाएर उनले यो पटकको बाल महोत्सवमा पुरस्कृत भएकी हुन् । बुबा हरी बोहोरा र आमा लक्ष्मी वोहोराको पहिलो सन्तानका रुपमा जन्मिएकी छोराप्रति गर्भ छ । सानैमा छोरीले गरेकोे प्रगतिमा दुबै जना मख्ख छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *