Sajhamanch Archive

डेक्स भाँचेको भन्दै अस्पताल भर्ना हुने गरी प्रधानाध्यापकद्धारा विद्यार्थी कुटिए

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पाँचथर । पाँचथरको फिदिम स्थित फिदिम माविका प्रधानाध्यापकले कक्षा ९ का एक छात्रलाई अस्पतालनै भर्ना हुनेगरी निर्धात कुटपिट गरेका छन् ।

फिदिम माविमा कक्षा नौं मा अध्ययनरत रोहित राईलाई प्राधानाध्यापक दुर्गा खत्रीले अस्पतालनै भर्ना हुने गरी कुटपिट गरेका हुन् ।
मिक्लाजुङ गाँउपालिका ४ घर भई फिदिमम डेरा गरेर बस्ने राईलाई निर्धात कुटपिट भएपछि जिल्ला अस्पताल पाँचथर भर्ना गरीएको छ ।

बुधबार कक्षा १० का विद्यार्थीहरुले डेक्स भाचेको विद्यार्थीहरुले बताएका छन् । तर, आज कक्षा नौका अन्य साथिहरुलाई पनि पालैपालो कुटेको एक विद्यार्थीले बताए । अरुलाई त कमिनै कुट्नु भयो तर, उसलाई अफिसनै लगेर कुट्नु भयो । उसले विगारनै गरेको थिएन् उनले भने ।

राईको टाउकोको भित्रि भागमा समस्या देखिएकोले अहिले के भएको छ भनेर भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ ।
राईले आफुले त्यस्तो नगरेको भनेर आग्रह गर्दा पनि मुखमुखै नलाग भनेर मुड्कीले टाउकोको पछाडी र गालामा हानेको बताएका छन् ।

प्रधानाध्यापक खत्रीले भने आफुले विद्यार्थीलाई तर्साउने तरिकाले कुटेको तर, त्यसरी गम्भिर घाइते हुने गरी नकुटेको बताएका छन् । विद्यार्थी सामान्य कुटेको तर यसलाई गम्भिर बनाउन खोजीएको भन्दै आफुलाई जोगाउने प्रयास गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *