Sajhamanch Archive

दुहागढीमा नागरिक सुनुवाई

Published: in राष्ट्रिय समाचार by .

दुहागढी । चारआली, धाइजन र दुहागढीवासीले झापाको चारआली प्रहरी चौकीको स्तोरन्नती र दुहागढीमा प्रहरी चौकी स्थापनाको माग गरेका छन् ।

मेचीनगर—१४ नम्वर वडा कार्यालय परिसरमा नगरको वडानम्बर १२, १३ र १४ लाई लक्षित गरी इलाका प्रहरी कार्यालय धुलावारी र सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीले संयुक्तरुपमा विहीबार आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा सहभागीले त्यस्तो माग गदैं स्थानीय प्रशासनले आफ्ना नागरिकलाई दिनुपर्ने शान्ति सुरक्षामा कुनै कमि आउन दिन नहुने बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालकोे उपस्थितीमा भएको नागरिक सुनुवाईमा प्रहरी प्रशासनका बारेमा आफुलाई लागेका राम्रा नराम्रा कुरा सहभागीले खुलेरै राखेका थिए । चारआली चौकीको स्तोरन्नतिका लागि ५ लाख रुपैयाँ विनियोजन भए भएपनि एउटा शौचालय मात्र बनाएको भन्दैं सहभागीले आपत्ति जनाएका थिए । करिब १ लाख रुपैयाँमा शौचालय निर्माण भएको स्थानीयको अनुमान छ । तर बाकी रकम कुन अवस्थामा को सँग छ ? स्थानीयवासी अनविज्ञ रहेको हुँदा उक्त रकमको खोजतलास गर्न सहभागीले माग गरे । साथै अनाधिकृत रुपमा नदी उत्खनन भइरहेको, भुस्याह कुकुरको आतंक बढेको, चारआली चन्द्रगढी सडको दुरावस्था, टिप्पर आतंकलगायतलाई नियन्त्रण गर्न सहभागीले स्थानीय प्रशासनसँग माग गरेका थिए ।

सहभागीको कुरा सुनेर जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढकाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्की, सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीका उपाध्यक्ष प्रलादमणि ओली, कोषाध्यक्ष रेणुका डाँगीलगायतले जवाफ दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *