Sajhamanch Archive

पोखरीमा एकजना महिला मृत

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । भक्तपुर नगरपालिका २ ठूलो ब्यासी स्थित पोखरीमा एकजना महिला मृत भेटिएकी छन् ।

सोही नगरपालिका वडानम्बर ३ बताले कि ४९ वर्षीया गंगा छुकाँ मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो ।

महिला मृत भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट मृतक गंगा बिहीबार साँझ घरबाट निस्किएको बुझिएको र बाँकी अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *