Sajhamanch Archive

एमरल्ड एकाडेमीमा खाद्य परिकार महोत्सव

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर ७ स्थित एमरल्ड एकाडेमीमा विविध खाद्य परिकार महोत्सव सम्पन्न गरिएको छ । व्यवस्थापन संकाय अन्र्तगत कक्षा ११ र १२ को होट म्यानेजमेन्ट समूहको आयोजनामा शाकाहारी र मंशहारी गरी १५ किसिमका खाद्य परिकारसहित महोत्सव सम्पन्न गरिएको हो ।

महोत्सवको संस्थापक प्रा. डा. पृथ्वीविक्रम राई, प्रा. तिलक प्याकुरेलले सम्युक्त उद्घाटन गरेका हुन् । खाद्य परिकार निर्माणमा आयोजक विद्यार्थी समूहसित न्युजिल्याण्डमा होट म्यानेजमेन्ट अध्यापन गराई रहेका उज्ज्वल खड्का एमरल्ड एकाडमीका होटल म्यानेजमेन्ट प्रशिक्षक प्रज्वल खड्काको सहभागिता रहेको थियो । महोत्सवमा एक हजार ५ सय बढीले सहभागिता जनाएको आयोजकको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *