Sajhamanch Archive

आइतबारदेखि देशैभर मौसम सफा हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं ।आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलले बताए । काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबारदेखि मौसम सफा हुने पौडेलले बताए । गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । नयाँ पत्रिकादैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *