Sajhamanch Archive

दुर्घटनामा चालकको मृत्यु, १३ घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

धादिङ । लापर्वाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।

धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा ३ ख २७३१ नम्बरको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *