Sajhamanch Archive

निर्धक्कका साथ रुनुहोस्, रुँदा स्वास्थ्यमा हुन्छन् यस्ता फाइदाहरू

Published: in रोचक कुरा / टिप्स by .

मान्छेले भन्छन्, धेरै रुँदा बिरामी परिन्छ । धेरैको सोच यस्तै भएका कारण हामी बिरामी परिन्छ कि भनेर कमै रुन्छौं । हो, हाँसीराख्ने मानिस स्वास्थ्य रहन्छन् । तर, तपाईंलाई थाहा नभएको हुनसक्छ, कि रुँदा पनि मानिसलाई फाइदा पुग्छ ।

रुनु स्वास्थ्यको लागि निकै लाभदायक छ । त्यसैले हामीले कहिले काँही रुँदा मन खोलेर रुनुपर्छ । तपाइको मनमा रुँदा पनि फाइदा पुग्छ र ? भन्ने प्रश्न बस्न सक्छ ।

रुँदा स्वास्थ्यमा पुग्छन् यस्ता फाइदाहरू

–रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँशु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन । र, यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्ने चिकित्सकको भनाई छ ।

–जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । र, यसो हुँदा हाम्रो स्वास्थ्यलाई फाइदा नै हुन्छ ।

–शरीरमा म्याग्निज बढी हुँदा थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्निजको स्तर कम हुन्छ, जसबाट मष्तिस्क राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।

–बढी तनाव महसुस गरिरहेका बेला रुँदा तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ ।

–समस्या परेको समयमा दिमाग र मुटको लिंबिक प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ । रुँदा मन सफा तथा हल्का महसुस हुन्छ ।

–रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ । महिला वर्षमा ४७ पटक रुन्छन् भने पुरुष ७ पटक रुन्छन् । मान्छे औषत ६ मिनेट रुन्छ । साँझ ७–६ बजेदेखि १० बजेको समयमा मान्छे सबैभन्दा धेरै रुने एक अध्ययनले देखाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *