Sajhamanch Archive

डिपिएल को तेस्रो संस्करणको उद्घाटन खेल आज हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौँ – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको उद्घाटन खेल आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डिपिएल(३ उद्घाटन गरेको थियो । तर वर्षाका कारण मैदान हिमाल्म्य भएपछि खेल हुन सकेको थिएन ।

सोमबार उद्घाटन खेलमा धनगढी स्टार्स र काठमाडौँ गोल्डेन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्।

डिपिएलको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *