Sajhamanch Archive

प्रदेश १ मा टिपर आतंक : साउनदेखि यता २० दुर्घटना, १० जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । टिपरका कारण प्रदेश १ मा साउन यता २० वटा दुर्घटना भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका पछिल्लो सात महिनामा भएका दुर्घटनामा परी १० जनाको ज्यान गएको छ भने ४६ जना घाइते भएका छन् ।

आइतबार बिहान विराटनगर महानगरपालिका–२ बरगाछी चोकमा टिपरको ठक्करबाट ५० वर्षीय लगनलाल राजवंशीको मृत्यु भयो । घरबाट जनमजदुरीका लागि निस्किएका कटहरि गाउँपालिका– २ का राजवंशीलाई साइकलमा कोशी राजमार्ग पार गर्ने क्रममा को १ ख ७०९२ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

गत माघ १४ गते विराटचौकबाट– विराटनगरतर्फ आउ“दै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचा –९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीयले सोही सडकमा कुद्ने सातवटा टिपरमा आगजनी गरे । टिपरमा आगजनी गरी आन्दोलनमा स्थानीय उठेपछि सो सडक खण्डमा टिपर कुदेको छैन् ।

गत मंसिरमा पनि सोही सडक खण्डमा टिपरको ठक्करबाट उदयपुर रौतामाइ नगरपालिका– २ की ३५ वर्षीया गीता कटुवालको मृत्यु भएको थियो । स्कुटरमा यात्रा गरिरहेकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङमा मात्रै हैन प्रदेशका अन्य जिल्लामा पनि टिपरको आतंक उस्तै छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार साउनदेखि यता मात्रै एक नं प्रदेशमा २० वटा टिपर दुर्घटना भइसकेको छ । टिपर दुर्घटनाबाट १० जनाको ज्यान गएको छ भने ४३ जना घाइते भएका छन् ।

लापरवाही र तीब्र गति टिपर दुर्घटनाको मुख्य कारण हो । सा“घुरा र जिर्ण सडकमा लापवाही रुपमा टिपर हु“इक्याउ“दा धेरैजसो दुर्घटना हुने गरेको छ । साउनदेखि यता मोरङमा मात्रै ९ वटा टिपर दुर्घटना भइसकेको छ । विराटनगर—विराटचोक सडकमा मात्रै ४ वटा टिपर दुर्घटना भइसकेको छ ।

टिपरले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीयले पटक—पटक विराटनगर—विराटचोक सडकमा टिपर सञ्चालनमा रोक लगाउन माग गर्दै आएका छन् । साउनयता उदयपुरमा ४, सोलुखुम्बु १, संखुवासभा १ र भोजपुरमा १, झापामा २, सुनसरीमा २ र मोरङमा ९ वटा वटा दुर्घटना भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *