Sajhamanch Archive

शिवसताक्षीमा फागुन ७ गतेबाट दोस्रो मेयर कप हुने

Published: (Updated: ) in खेलकुद by .

दूधे । झापाको शिवसताक्षी नगरपालिकामा दोस्रो मेयर कप हुने भएको छ । सोमबार शिवसताक्षी नगरपालिकामा प्रत्रकार सम्मेलन गरी यही फागुन ७ गतेबाट गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदान झिलझिलेमा दोस्रो संस्करणको मेयर कपको हुने नगर खेलकुद विकास समिति अध्यक्ष पूmर्वा तामाङ्गले जानकारी दिए ।

मेयर कपमा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स लगायत १७ विधाका खेलहरु रहने खेलकुद विकास समितिले जनाएको छ ।

नगर भित्र रहेका प्रतिभाहरुलाई मेयर कपको माध्यमबाट राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा खेलाडीहरुलाई पु¥याउने लक्ष्य रहेको बताइएको छ । यस वर्ष मेयर कपका लागि शिवसताक्षी नगरपालिकाबाट १५ लाख विनियोजन गरिएको अध्यक्ष तामाङ्गले जानकारी दिए ।

मेयरकप अन्तर्गतका व्याडमिन्टन खेल दूधे खेल मैदानमा सम्पन्न हुनेछ भने अन्य खेलहरु फूटबल, भलिबल, क्रिकेट, चेस, कराँते र कर्वडी झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने अध्यक्ष तामाङ्गले जानकारी दिए

प्रतियोगितामा फुटबल तर्फको विजेताले ७५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्र्ने छन् भने उपविजेताले ४१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । त्यस्तै क्रिकेटतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नगरका ११ वडाबाट प्रत्येक विधाका ११ वटै टिम सहभागी हुने बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *