Sajhamanch Archive

अखिल क्रान्तिकारी अनेरास्ववियूमा विलय

Published: in राजनीति, राष्ट्रिय समाचार by .

इलाम । नेकपा विप्लव निकट अखिल क्रान्तिकारीको सिङ्गो कमिटी अनेरास्ववियूमा विलय भएको छ ।

आज एक कार्यक्रमका माझ विद्यार्थीहरु अब रचनात्मक आन्दोलनको माध्यमबाट अघि बढ्ने प्रतिवद्धताको सहित अनेरास्ववियूमा पूर्ण कमिटी नै विलय भएको हो । कमिटी अनेरास्ववियूको सह–प्रारम्भिक कमिटीको रुपमा निरन्तर अघि बढ्ने जानकारी आदर्श प्रारम्भिक कमिटीका अध्यक्ष अनिश बुढाथोकीले बताए ।

सह–प्रारम्भिक कमिटीको अध्यक्षमा दिपक शिवा, उपाध्यक्ष सजना खत्री, सचिव आसोक राई, सहसचिव पूना ढु्रंगाना, कोषाध्यक्ष एन्जिला दर्नाल रहेका छन् । कमिटीको सदस्यहरुमा सन्देश राई, सन्जना पाण्डे, राम न्यौपाने, राज कुवँर, सपना लामिछाने, नितु तामाङ्ग, सरिस्मा उप्रेती, अमृत नेम्बाङ, अबिषा योङहाङ, मनिसा लिम्बु, भूमिका राई, सन्जोग लिम्बु र युवन श्रेष्ठ रहेका छन् ।

कमिटी विलय कार्यक्रममा एमाले निकट अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य रविन्द्र सुबेदी, माओवादी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य शन्धिभक्त शंकर, अनेरास्ववियू जिल्ला अध्यक्ष इश्वरी तामाङ्ग, सहसचिव मिलन खत्री लगायतले नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै आफ्नो अध्ययनलाई थप सुदृढ पार्दै अघि बढ्न शुभकामना दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *