Sajhamanch Archive

प्रदेश एकको नामाङ्कन फागुनभित्रमा टुङ्गो लाग्छः मुख्यमन्त्री राई

Published: in राष्ट्रिय समाचार by .

पथरी  । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले फागुनभित्रमा प्रदेशको नामाङ्नको विषय टुङ्गो लगाउने बताएका छन् । किराँत राई यायोक्खा मोरङको सोमबार पथरीमा भएको छैठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

उनले छलफल र बहस भइरहेको बताउँदै उनले भने ‘यो अधिवेशनको मुख्य कार्यसूची प्रदेशको नामाङनको विषय हुनेछ । र, हामी यहि फागुनभित्रमा प्रदेशको नामाङ्कनको विषय टुङ्याउने छौं ।’

प्रदेश सभामा रहेको पाँच दलबीच हिउँदे अधिवेशनले टुङ्गो लगाउने सहमति भएको बताउँदै मुख्यमन्त्रीले सहजीकरणको भूमिका खेलिरहेको दाबी गरेका छन् । किराँत राई यायोक्खाले एक नम्बर प्रदेशको नाम किराँत राख्न खेलिरहेको भूमिका बारे आफू जानकार रहेको बताउँदै उनले किराँत प्रदेशको सम्मान सबैले सम्मान गर्दै आएको अवगत गराए ।

नेपाल भनेपछि हिमाल, पहाड र तराई सम्पूर्णक्षेत्रलाई समेटे जस्तै यो अखण्डतालाई अझ बलियो बनाएर लानुपर्ने मन्त्री राईको भनाई थियो । मोरङको पथरीशनिश्चरे—१० मा बन्न लागेको संग्राहलयको बारेमा भइरहेको बहस बारे आफू अपडेट नभएको बताए । प्रदेश सरकारले अन्तर्राष्ट्रियबाट पनि पर्यटन तान्न सक्ने प्रकारको महासंग्राहलय बनाउन लागेको बताए ।

सम्मेलनको अवसरमा मुख्यमन्त्री शेरधन राईले पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, रतुवामाई नगरप्रमुख रविन राई, उपप्रमुख मञ्जु राई, मिक्लाजुङ्ग गाउँपालिका उपप्रमुख सरला राईलाई सम्मान पत्रले सम्मान गरेका थिए ।

त्यसैगरी १ नम्बर प्रदेश सभा सदस्यहरु सुयर्माराज राई, कृष्णकुमारी राई, यायोक्खा मोरङका पूर्वजिल्ला अध्यक्षहरु रामकाजी राई, तिलकप्रसाद राई, बुद्धि चाम्लिङ, बिबी राईलगायतलाई किराँती संस्कार अनुसारको सम्मान र पेटा लगाएर सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *