Sajhamanch Archive

भानु माध्यमिक विद्यालयको स्मारिका विमोचन

Published: (Updated: ) in समाज by .

दूधे । शिवसताक्षी ७ स्थित भानु माध्यमिक विद्यालयले भानु स्वर्ण स्मारिका विमोचन गरेको छ । मंगलबार स्वर्ण महोत्सवको वर्षभरीका कार्यक्रम समापनको अवसरमा विद्यालयले स्मारिका विमोचन गरेको हो ।

स्मारिका प्रतिनिधी सभा सांसद एलपी साँवा लिम्बुले विमोचन गरेका हुन् । त्यस्तैगरी विद्यालयले शिलालेख अनावरण गरेको छ । विद्यालयलाई विभिन्न समयमा आर्थिकरुपमा सहयोग गर्ने दाताहरुको नामावलीसहितको शिलाखेल प्रदेश सभा संसाद झलकसिं दर्लामी मगरले अनावरण गरेका हुन् ।

विद्यालयले स्मारिमा वि.सं. २०२२ सालदेखि हालसम्म विद्यालयमा गरिएको गतिविधीहरु समेटेर तयार पारेको विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले बताए । कार्यक्रममा नगरप्रमुख चन्द्रकुमार शेर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पहिलेको भन्दा प्रगति भएको बताए । उनले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी हेर्न हो भने, शैक्षिक क्षेत्र यो भन्दा धेरै माथि जानु पर्ने हो तर त्यस्तो देखिएको छैन तर पहिलेको भन्दा सुधार उन्मुख छ उनले भने । विद्यालयले प्राविधिक धारतर्फको अध्यापन हुने क्षेत्रकै एक मात्र भानु माध्यमिक विद्यालय भएकाले यसलाई गुणस्तरीय बनाउने पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा श्रोतव्यक्ती कृष्णप्रसाद भण्डारी, वडा नं. ७ का वडाध्यक्ष नविन इजन, नेकपाका महेन्द्र भट्टराई, धनबहादुर थेवे लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *