Sajhamanch Archive

सत्तारुढ नेकपा जनयुद्ध दिवस मनाउँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ। तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले जनयुद्ध दिवस मनाउँदै छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो ।

तत्कालीन माओवादी जनयुद्ध दिवस मनाउने पक्षममा थिए भने तत्कालीन एमाले नमनाउने पक्षमा थियो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच दिवस मनाउने सहमति भएअनुसार दिवस मनाउन लागिएको हो ।

जनयुद्धको अगाडि जनआन्दोलन शब्द राखेर दिवस मनाईँदै छ । ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ नाम दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *