Sajhamanch Archive

सांसद साँवाद्वारा शिवसताक्षीको बनियानी खोलामा पुल र विद्यालयको भवन शिल्यान्स

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा पर्ने बनियानी खोलामा पक्की पुलको बुधबार शिल्यान्स गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २,३ र ६ जोड्ने बनियानी खोलामा पक्की पुलको क्षेत्र नं. ४का प्रतिनिधी सभा संसाद एलपी साँवा लिम्बुले शिल्यान्स गरेका हुन् ।

पुल ७३ लाख ६८ हजार ९ सय ३० रुपैयाको लागतमा निर्माण हुने बताइएको छ । सांसद विकास कोषबाट रु ५० लाख, शिवसताक्षी नगरपालिकाबाट रु २० लाख र रु ३ लाख ६८ हजार ९ सय ३० जनसहभागीताबाट पुलको निर्माण कार्य सूरु गरिएको हो ।

पुल ५१ फिट् लम्बाई र ६ मिटर चौडाई रहने पुलको रहने निर्माण उपभोक्ता समिति अध्यक्ष भुवन राईले बताए । बर्षायाममा आवत जावत गर्न असहज हुँदै आएको स्थानियलाई पुल निर्माण हूने भएपछी दैनिक १ हजार सर्वसाधारणलाई सहज हूने पुल निर्माण उपभोत्ता समितिका अध्यक्ष राईले जानकारी दिए । पुल शिल्यान्समा प्रदेश सभा सदस्य झलकसिं दर्लामी समेतको उपस्थिति रहेको थियो ।

यसै बिच शिवसताक्षी नगरपालिका वडा नं. ६ स्थित सरस्वती आधारभूत विद्यालयको भवनको शिल्यान्स गरिएको छ । सो भवनको प्रतिनिधी सभा सांसद साँवाले शिल्यान्स गरेका हुन् । सांसद विकास पूर्वाधार साझेदारी कोषको बजेटबाट १५ लाखको लागतमा २ कोठे भवन निर्माण हुन लागेको विद्यालयका प्रधानाध्यापक गणेश घिमिरेले बताए । सो विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *