Sajhamanch Archive

बेरोजगार युवालाई वार्षिक २२ हजार भत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई स्वेदेशमै रोजगारी दिने मुख्य लक्ष्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कार्यक्रम शुभारम्भ गरे ।

स्वदेशमा रोजगारका अवसर नपाएको भन्दै बिदेसिने युवाको संख्या घट्न नसकेपछि श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको योजना बनाएर कार्यान्वयनमा ल्याएको हो ।

‘सबैका लागि रोजगार ः संवैधानिक अधिकार’ नारा दिइएको कार्यक्रमले सकेसम्म युवलाई श्रम गर्ने विभिन्न १३ क्षेत्रमा रोजगारी दिने र त्यति गर्दा युवाले रोजगारी नपाए वर्षको ५० दिन बराबरको प्रतिदिन चार सय ४८ रुपैयाँ पारिश्रमिकका दरले २२ हजार चार सय रुपैयाँ निर्वाह भत्ता दिने ग्यारेन्टी गरेको छ । नागरिकदैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *