Sajhamanch Archive

रुस इन्टरनेटबाट बाहिरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ ।

यसको परीक्षण अप्रिलअगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै हेरिनेछ ।

गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन हुनका लागि आवश्यक प्राविधिक परिवर्तनका लागि अधिकार प्रदान गरेको छ ।

मस्यौदा कानुनलाई संशोधन गर्नका लागि अप्रिल १ को समय दिइएको छ । यो मस्यौदालाई डिजिटल इकोनोमी नेसनल प्रोग्रामको नाम दिइएको छ । तर, परीक्षणको समय अझै तय हुन बाँकी रहेको डेली मेलले बताएको छ ।

कारोबार बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *