Sajhamanch Archive

जनताको जलविद्युत कार्यक्रम घोषणा : उर्जामन्त्री भन्छन्–नाफामुलक बनाउँछौं

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारालाई सार्थक पुर्याउनका लागि ‘जनताको जलविद्युत आयोजना’ एक कार्यक्रम रहेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् । नेपालको सबैभन्दा धेरै उपलब्ध प्राकृतिक स्रोत पानिको सहि ढंगबाट प्रयोग र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुरुप जनताको सहभागितामा उक्त कार्यक्रम संचालनमा ल्याइएको उनले बताए ।

जनताको जलविद्युत कार्यक्रमलाई बजेटमार्फत नै फरक ढंगबाट अघि बढाउने निर्णयअनुरुप सम्बन्धीत निकायसंगको अन्तक्रियाबाट यो आयोजना सुरु हुन लागेको उनले बताए । हरेक नेपालीलाई विद्युतको शेयरधनी हुनका लागि आफ्नो र प्रधानमन्त्री ओलीको दृष्टिकोण अन्तरहित भएको उनले बताए । उनले भने–‘कोही असाध्यै धनि, कोही असाध्यै पछि, गरिबी र विपन्नताको अवस्थामा हुने छैन ।’  समृद्धिका लागि संघसंस्था, निजी क्षेत्र तथा जनताले सहयोग गर्ने अपेक्षा राखिएको उनले बताए ।

यो कार्यक्रम ३ करोड नेपालीको जनसहभागितासहितको कार्यक्रम बन्ने उनले अपेक्षा व्यक्त गरे । ‘जनताको पकेट पकेटमा रहेको सानो सानो लगानीलाई यसमा संलग्न गराइने छ ।’ उनले भने ।  यस अन्तर्गत रहेको करिव १९ वटा आयोजना र ३ हजार मेगावाट विद्युतका लागि करिब लागत ७ खर्ब अनुमान गरिएको उनले कार्यक्रममा बताए । अपर अरुणको आयोजनामा विराटनगरका नागरिकको पनि लगानी हुने उक्त कार्यक्रममा उतसाहका साथ सबैको साथ मिल्ने अपेक्षा राखिएको बताए ।

कार्यक्रमको बारेमा जानकारी दिँदै उनले हिमाल पहाड तराई मधेसमा रहेका सबै जनताले लगानी गर्ने राष्ट्रिय अभियान बनने अपेक्षा भएको उनले बताए । यो कार्यक्रमलाई लगानी सहतिको आकर्षक योजनाहरु भएको उनको दावी थियो । अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट सस्तो ब्याजदरमा कार्यक्रम अघि बढाउन उनले बताए ।  सानो लगानी गर्ने विपन्न जनताको पनि लगानीको सुनिश्चितता होस भने काम सुरु गरिएको बताए । साथै, नेपाल सरकारले यो कार्यक्रमलाई मुनाफातिर लानका लागि खेल खेल्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *