Sajhamanch Archive

घरभित्र खाल्डोमा भेटियो १८ किलो सुन

Published: in राष्ट्रिय समाचार by .

काठमाण्डौं। कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो प्रहरी टोलीले सुनबारे सुराक पाएको थियो ।

जब दिउँसो प्रहरी टोलीले शंकास्पद घरमा गएर छापा हान्यो, सुरुमा त केही भेटिएन । तर, एउटा कोठामा स्टोर गरिएको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखियो । त्यसपछि प्रहरी त्यहाँ खन्न थाल्यो ।

केहीवेरमै प्रहरीले त्यहाँ सेतो प्लाष्टिकको बोरा फेला पार्‍यो, जसमा सुनका १८ वटा बिस्कुट थिए । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन भारतबाट ल्याइएको देखाएको छ । घटनामा संलग्न एक जना पक्राउ परेका छन् भने थप अनुसन्धान जारी छ ।

अनलाइनखबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *