Sajhamanch Archive

चन्द्रगढी क्षेत्रको बजार अनुगमन

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले सदरमुकाम क्षेत्र चन्द्रगढीबाट बजार अनुगमा सुरू गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण अनुगमन टोली भद्रपुर १० ले चन्द्रगढी क्षेत्रमा गरेको अनुगमनका क्रममा अधिकांश होटलमा फोहोर तथा प्रदुषित खाना बिक्री वितरण भइरहेको, अखाद्य पदार्थ मिश्रण रहेको, किराना पसलले मूल्य सूचि नराखेको, म्याद गुज्रेका खाद्य पदार्थ बेचिरहेको लगायत जनश्वास्यमा प्रतिकुल असर पर्ने गरी बेथिति पाइएको छ ।

डिभिजनका प्रमुख भरतबहादुर पुरीको नेतृत्वमा गएको टोलीले बजारमा नियम विपरित कार्य गर्ने होटल सञ्चालक तथा किराना पसल सञ्चालकलाई सुधार गर्न ७ दिने निर्देशन दिएको छ भने नसच्चिए दास्रो पटक आउँदा पनि अवस्था उस्तै पाइए दण्ड जरीवाना हुने चेतावनी समेत दिइएको छ । अनुगमनका क्रममा व्यापारीहरुले आधारभूत नियमसमेत पुरा नगेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रक पुरीले बताए । अनुगमन गरिएका स्थानमा सुझाव तथा सुधारका लागि अनुरोध गरिएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *