Sajhamanch Archive

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

अर्घाखाँची । बालिका बलात्कार गरेको आरोपमा अर्घाखाँचीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी करिब १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षिय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि मात्रै घटना सार्वजनिक भएको हो ।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिइ प्युठान प्रहरीलाई बुझाएको छ ।

चाउचाउ खाने पैसा दिएर ललाइफकाई गर्दै बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन् ।

बालिका गत पुसदेखि नै बृद्धबाट बलात्कारको सिकार हुँदै आएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *