Sajhamanch Archive

चट्याङ लागेर महिला घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

दाङ। दाङमा एक महिला चट्याङ लागेर घाइते भएकी छन् । गढवा गाउँपालिका वडा नं। ७ चन्दनपुर निवासी ७४ वर्षीय मोती विक चट्यांक लागेर घाइते भएकी हुन् ।

बिहिबार राति परेको चट्यांङ लागेर घाइते बिकलाई लमही अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

यस्तै चट्यांकले बिकको घर र भान्साघर जलेर नष्ट भएको छ । पाँच लाख बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगो दमकल, प्रहरी र स्थानिय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *