Sajhamanch Archive

ऐतिहासिक सैनिक महोत्सव सुरु

Published: in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई जोगाउन आजदेखि ऐतिहासिक सैनिक महोत्सव सुरु भएको छ ।

महोत्सवको जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले उद्घाटन गरेका हुन् । उनले महाभारतकालिन इतिहास बोकेका बिर्तामोड नगरपालिका १० का पोखरीहरुको संरक्षण र सम्वद्र्धन गर्न सके पर्यटनको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । ऐतिहासिक सैनिक बजारका पुराना वस्तुहरुलाई संग्रहित गरेर संग्रहालय स्थापना गर्नुपर्नेमा उनको जोड थियोे ।

उद्घाटन कार्यक्रम सैनिक बजारसहित वडा नम्बर १० को इतिहास र पहिचान भएको ‘चिनारी पुस्तिका’ विमोचन गरिएको थियो । कार्यक्रममा राजवंशी, राई, सन्थाल, सुनुवार, नेवार, गुरुङ, तामाङ, लिम्बूलगायतका जातिको झाँकी प्रस्तुत गरिएको थियो । महोत्सव उद्घाटन अघि झाँकीसहितको र्यालीले सैनिक बजार परिक्रममा गरेको थियो । महोत्सवमा विभिन्न व्यापारीक ४० वटा स्टल रहेका छन् । त्यस्तै विभिन्न खेल तमासाका तथा मनोरञ्जनका साधनहरु रहेका छन् । आजदेखि प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष अर्जुन सिटौलाले बताए ।

महोत्सव फागुन १३ गतेसम्म चल्नेछ । तत्कालिन राजा महेन्द्रले इलाममा रहेका भूतपूर्व सैनिकका २ सय परिवारलाई सैनिकमा विंसं. २०२० सालमा पुनर्वास गराउनु भएको थियो । त्यस्तै सैनिकले रामदर्शन गुरुङ, प्रवेश कटुवाल, दिलेन लोक्ताम, सन्जय राईलगायतका राष्ट्रिय खेलाडीहरु जन्माएको छ भने सोही वडामा तेलकानी, मधु, सधु र कुँवापानीजस्ता महाभारतकालिन पोखरीहरु रहेका छन् । त्यस्तै २५ भन्दाबढी जातजातिको बसोबास रहेको वडा नम्बर १० मा विभिन्न ऐतिहासिक मठमन्दिर र गुम्बा रहेका छन् ।

बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नयाँ श्रीनाथ गण चारआलीका मेजर ज्ञानबहादुर बस्नेतलगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *