Sajhamanch Archive

नेपालकी विनिता राईलाई स्वर्ण, जितसँगै ओलम्पियाका लागि छनोट

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं, ४ माघ । नेपालकी विनिता राई अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पिया लागि छनौट भएकी छिन् ।काठमाडौंको प्रज्ञा भवनमा शनिबार आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ओमेन फिजिकमा स्वर्ण जित्दै उनी छनौट भएकी हुन् । उनी सम्मिलित प्रतिस्पर्धामा उनले प्रतिद्वन्द्वी भने पाइनन् ।

नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा स्वर्ण जितेसँगै विनिताले प्रो कार्ड जितेकी हुन् । योसँगै उनी बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन पाउने भएकी हुन् । यस प्रतियोगितामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ ।

यस्तै मेन्स बडिबिल्डिङको प्रो कार्ड इंग्ल्यान्डका जानी डो रिगोल जितेका छन् । बडिबिल्डिङको समग्र प्रतिस्पर्धामा उनी विजेता भएर प्रो कार्ड जितेका हुन् । त्यसअघि उनले ९० देखि १०२ केजीमा स्वर्ण जितेका थिए ।

प्रतियोगिताका लागि अन्तर्रा्ष्ट्रिय निर्णायक पनि नेपाल आएका थिए । यस्तै ख्यातिप्राप्त बडिबिल्डर रोली विङ्कलार पनि प्रतियोगितामा गेस्ट पोजरको रुपमा आफ्नो प्रस्तुति दिएका थिए । उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन् ।

तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फ्रेन्चाइज नेपाल भि¥याएर प्रो क्वालिफायर आयोजना गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *