Sajhamanch Archive

वीर अस्पतालमा इमर्जेन्सीका बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ । भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ ।

कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने गर्छन् । बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरु बताउँछन् ।

यो अवस्थाले बिरामीमाा मानसिक र शारीतिक समस्या आउन सक्ने उनीहरु बताउँछन् ।

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा। भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए ।नयाँ पत्रिका दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *