Sajhamanch Archive

सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अवरुद्ध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ। नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ ।

त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको भागलाई घडेरी बनाएको छ । उसले त्यो स्थानमा ३.५ देखि ४ फिटसम्मको ढल बनाइसकेको छ । जीवन्तनगरका स्थानीय पनि सेनाको सोही ढलमा आफ्नो ढल मिसाउन चाहन्छन् तर, सेनाले अनुमति नदिँदा करिब सय घरको ढल जडान कार्य रोकिन पुगेको छ ।

जीवन्तनगर टोल सुधार समितिका अध्यक्ष पुष्कर पौडेलले सेनाकै कारण सय घरको ढल जडान रोकिएको बताए । ‘जीवन्तनगरमा अहिले ७० भन्दा धेरै घर छन् । ३० वटा बन्दै छन् त्यसभन्दा माथि पाँगा छ । यी ठाउँको ढल सेनाले गरेको प्लटिङको बाटोबाहेक अन्तबाट निकास हुने सम्भावना छैन । किनभने सेनाको प्लटिङ पाँगा र जीवन्तनगरभन्दा तल छ,’ उनले भने, ‘तर, सेनाले कुनै हालतमा प्लटिङबाट ढल निकास गर्न नदिने भनेको छ । यसले जीवन्तनगर मात्र होइन, पाँगाको ढल निर्माण कार्य पनि प्रभावित बन्यो

काठमाडौँ – नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ ।

त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको भागलाई घडेरी बनाएको छ । उसले त्यो स्थानमा ३।५ देखि ४ फिटसम्मको ढल बनाइसकेको छ । जीवन्तनगरका स्थानीय पनि सेनाको सोही ढलमा आफ्नो ढल मिसाउन चाहन्छन् तर, सेनाले अनुमति नदिँदा करिब सय घरको ढल जडान कार्य रोकिन पुगेको छ ।

जीवन्तनगर टोल सुधार समितिका अध्यक्ष पुष्कर पौडेलले सेनाकै कारण सय घरको ढल जडान रोकिएको बताए । ‘जीवन्तनगरमा अहिले ७० भन्दा धेरै घर छन् । ३० वटा बन्दै छन् त्यसभन्दा माथि पाँगा छ । यी ठाउँको ढल सेनाले गरेको प्लटिङको बाटोबाहेक अन्तबाट निकास हुने सम्भावना छैन । किनभने सेनाको प्लटिङ पाँगा र जीवन्तनगरभन्दा तल छ,’ उनले भने, ‘तर, सेनाले कुनै हालतमा प्लटिङबाट ढल निकास गर्न नदिने भनेको छ । यसले जीवन्तनगर मात्र होइन, पाँगाको ढल निर्माण कार्य पनि प्रभावित बन्यो ।’

प्लटिङबाट निस्किने ढल सेनाले चोभारस्थित राजकुलोमा बनेको ढलमा निकास गरेको छ । समितिका अध्यक्ष पौडेल भन्छन्, ‘सेनाको घडेरीबाट निस्केको ढल राजकुलोमा मिसाउन हुने, अनि हाम्रो चाहिँ रोक्ने रु सेनाले आफ्नो ढल प्लटिङभित्रै व्यवस्थापन गर्न सक्छ भने हाम्रो भन्नु केही छैन । नत्र हामीले पनि ढल लैजान पाउनुपर्छ ।’नयाँ पत्रिका दैनिकबाट।

प्लटिङबाट निस्किने ढल सेनाले चोभारस्थित राजकुलोमा बनेको ढलमा निकास गरेको छ । समितिका अध्यक्ष पौडेल भन्छन्, ‘सेनाको घडेरीबाट निस्केको ढल राजकुलोमा मिसाउन हुने, अनि हाम्रो चाहिँ रोक्ने रु सेनाले आफ्नो ढल प्लटिङभित्रै व्यवस्थापन गर्न सक्छ भने हाम्रो भन्नु केही छैन । नत्र हामीले पनि ढल लैजान पाउनुपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *