Sajhamanch Archive

भारू १० मा साडी बिक्री हुन थालेपछि महिलाहरूको भागदौड, धेरै जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

हैदराबाद । भारततको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि धेरै महिलाहरू घाइते भएका छन् । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको हो ।

भागदौड मच्चिदा धेरै महिला घाइते भएका छन् । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ ।

सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *