Sajhamanch Archive

मोर्डन अङ्ग्रेजी विद्यालयले १३ पदक जित्यो

Published: in खेलकुद by .

भद्रपुर । भद्रपुर ६ स्थित मोर्डन अंग्रेजी माध्यमिक विद्यालयले प्याब्सन झापाद्वारा आयोजित भद्रपुर नगर अन्तर विद्यालय खेलकुद प्रतियोगितामा १३ वटा पदक जीत्न सफल भएको छ ।

वार्षिक खेल तालिका अन्तरगत भद्रपुर माविको खेल मैदानमा ३ दिनसम्म चलेको प्रतियोगितामा मोर्ड समूहले ४ वटा स्वर्ण पदकसहित १३ पदक प्राप्त गर्न सफल भएको हो । प्रतियोगितामा माध्यमिक तह ४ सय मिटर दौडमा छात्रा तर्फ स्वर्ण पदक, निमावि तह ८ सय मिटर छात्रातर्फ स्वर्ण पदक, निमावि ४ सय मिटर छात्रतर्फ स्वर्ण पदक, प्राथमिक तह १०० मिटर छात्र तर्फ स्वर्ण पदक गरी ४ स्वर्णपदक प्राप्त भएको थियो । छात्रा भलिबल माध्यमिक तह रजत पदक, २ सय मिटर दौडमा छात्रातर्फ रजत पदक, एक सय मिटरमा छात्रातर्फ रजत पदक, प्रथमिक तह छात्रतर्फ एक सय मिटर रजत, पूर्व प्राथमिक तह छात्रतर्फ ५० मिटर रजत पदक गरी ५ वटा रजत पदक ल्याउन सफल भएको थियो ।

त्यसैगरी प्रतियोगितामा ४ वटा कास्य पदक समेत प्राप्त गरेका प्रतिष्पर्धी विदार्थीलाई विद्यालयले भव्य स्वागत गरेको छ । प्रधान अध्यापक मंगल थापाले विद्यालयमा प्रतियोगितामा उत्कृष्ट हुने सवै प्रतिष्पर्धी विद्यार्थीलाई सम्मान गर्दै स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *