Sajhamanch Archive

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा झापाका ६ जना कुस्ती खेलाडीले प्रतिष्पर्धा गर्ने

Published: in खेलकुद by .

मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा झापाका ६ जना कुस्ती खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका झापाका ६ जना खेलाडीले प्रदेशको प्रतिनिधित्व गर्ने भएका हुन् ।

सुनसरीको इनरुवास्थित जेल फिल्डमा आइतबार सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने ५ महिला र एकजना पुरुष खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् ।

प्रदेशस्तरीय छनोटमा महिलातर्फ ५० केजी तौल समूहमा रत्ना राजवंशी, ५७ केजीमा उषा राजवंशी, ६२ केजीमा सिम्रन थापा मगर, ६८ केजीमा रेनुका राजवंशी र ७२ केजीमा सदिक्षा राईले स्वर्ण पदक जितेका छन् ।

उनीहरुसहित पुरुषतर्फ ६५ केजी तौल समूहमा स्वर्ण पदक जित्ने कुमार आचार्यले प्रदेशस्तरीय टोलीबाट कुस्तीको राष्ट्रिय प्रतियोगितामा भाग लिने कुस्ती संघका केन्द्रीय सदस्य उमेश थापा मगरले जानकारी दिए ।

झापा कुस्तीका टिम प्रशिक्षक वेदनिधी भण्डारी(उमेश) का अनुसार प्रदेशस्तरीय छनोटमा झापाले ६ रजत र एक कास्य पदक प्राप्त गरेको छ ।

रजत पदक प्राप्त गर्ने खेलाडीहरुमा राज मेचे, मुकेश मेचे, फडिन्द्र श्रेष्ठ, विशाल बुढाथोकी, रेखा मेचे र प्रतिमा साह छन् भने गणेशमान किसानले कास्य पदक हात पारेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि देशभर विभिन्न खेल विधामा प्रदेशस्तरीय छनोट भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *