Sajhamanch Archive

नेपाली ग्यास बुलेट सञ्चालनमा भारतले अनुमति नदिँदा सवा अर्ब बाहिरिन्छ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रुपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशी नम्बरका ग्यास बुलेट निर्माण भए पनि प्रयोगमा आउन नसक्दा भारतीय नम्बरका ग्यास बुलेटले ग्यास ढुवानी गरेवापत सो रकम बाहिर जाने गरेको हो । दुई वर्षअघि नेपाली ग्यास नम्बरका ग्यास बुलेट निर्माण गरे पनि ग्यास ढुवानी गर्न भारतले अनुमति नदिँदा प्रयोगमा आउन सकेको छैन ।

नेपाल आयल निगमका अनुसार ग्यास ढुवानीबापत २ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । अहिले ६ सय ५० भन्दा बढी भारतीय नम्बर बुलेटबाट ग्यास ढुवानी आएको छ । बरौनीदेखि काठमाडौंसम्म प्रतिसिलिन्डर ८२ रुपैयाँ ढुवानी गर्च लाग्ने गर्छ । एक बुलेटबाट १ हजार २ सय ५० सिलिन्डर भरिने गर्छ । कारोबार दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *