Sajhamanch Archive

कुभिण्डेलीका दुई कृति एकै साथ विमोचन

Published: in शिक्षा by .

भद्रपुर । झापा भद्रपुरका सर्जक भानुभक्त कुभिण्डेलीका दुई कृति एकैसाथ विमोचन गरिएको छ ।

झापाको कमल गाउँपालिकामा आयोजित कार्यक्रममा कुभिण्डेलीर्का जागिर भित्रको व्यथा’ कविता संग्रह तर्था संस्मरणका क्षणहरू’ आत्मकथा संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. जगतमान गुरूङले विमोचन गरेका हुन् ।

कमल गाउँपालिकाको आयोजनामा वाल्मीकी बृहद साहित्यिक कार्यक्रमको अवसरमा विमोचित कार्यक्रममा प्रा. डा. टंक न्यौपाने, प्रा. डा. देवी नेपाल, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

खोटाङ जिल्लाको साविक कुभिण्डेमा जन्मिएका सर्जक भानुभक्त हाल भद्रपुर ९ का स्थायी बासिन्दा हुन् । प्रगतिशील विचारधाराबाट प्रभावित कुभिण्डेली भोजपुर जिल्लामा शिक्षण गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *