Sajhamanch Archive

चेपाङ महिलाको जीवन, २१ वर्षको उमेरमा ४ बच्चा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

हेटौँडा। उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ । ७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ महिनादेखि रजश्वता रोकिएको छ । रजश्वला रोकिनु, गर्भवती हुनु, बच्चा पाउनु जनको नियतिजस्तै देखिएको छ ।

बाल्यकालदेखि नै दाहिने खुट्टा गुमाएकी निरमायाको विवाह गाउँकै केटासँग १२ वर्षको उमेरमा भएको थियो । पतिको पनि देब्रे खुट्टा छैन । संयोग नै भन्नुपर्छ दुवैको खुट्टा बाल्यकालमा खँगेनामा परेर जलेको हो । छोराछोरी अँगेनाको छेउमा सुताएर दुवैको आमाबाबु दिउँसो कन्दमुल खोज्न जंगल गएको अवस्थामा अँगेनामा खुट्टा परेर जलेको थियो ।

घर नजिक स्कुल भएर पनि पढ्न नगएकी निरमायालाई अहिले बच्चा कसरी हुर्काउने भन्ने चिन्ता छ । टाउको लुकाउने एउटा फुसको घर छ । कान्तिपुरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *