Sajhamanch Archive

रणवीरसँग डेट गर्दैमा आलियासँगको सम्बन्ध बिग्रिदैनः कट्रिना

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बलिउडका दुई सफल नायिका कट्रिना कैफ र आलिया भट्टबीचको मित्रता निकै गज्जबको छ । उनीहरुले चलचित्र क्षेत्रमा एक–अर्कालाई खुबै सहयोग गरिरहेका हुन्छन् । तर, कतिपय मिडियाले कट्रिनाको पूर्व प्रेमी रणवीरसँग आलियाको अफेअर सुरु भएपछि उनीहरुको सम्बन्ध बिग्रिएको समेत लेखेका थिए ।

उक्त कुरालाई कट्रिना र आलियाले मिथ्या सावित गरिदिएका छन् । उनीहरु दुबैले आफूहरुको सम्बन्ध निकै गाढा भएको मिडियामा बोलेका छन् । आलिया भट्ट अभिनित चलचित्र ‘गल्ली व्याई’ हेर्न पुगेकी कट्रिना आलियासँगै मिडियामा प्रस्तुत भएकी थिइन् । त्यहाँ पनि उनीहरुको मित्रता झल्किएको थियो ।

रणवीरसँग डेट गर्दैमा आलिया र आफ्नो सम्बन्ध नबिग्रेको कट्रिनाले बताएकी छिन् । उनले भनिन्–‘उसले कोसँग डेट गरिरहेको छ भन्ने कुराले हाम्रो सम्बन्ध बिग्रिदैन । उसलाई मन पर्यो, डेट गर्यो । यसले मलाई त केही असर गरेको छैन ।’
कट्रिनाले आलियालाई धेरै पहिलाबाट चिनेको समेत बताएकी छिन् । ‘आलियालाई मैले ‘स्टूडेन्ट अफ द इयर’मा काम गर्नु पहिला नै चिनेको हुँ । उनी सोही समयदेखि नै हाम्रो साथी सर्कलमा सहभागी थिइन् ।’

५ बर्ष भन्दा बढी कट्रिनासँग डेट गरेका रणवीर अहिले आलियासँगको प्रेममा मस्त छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *