मलाइका भन्छिन्, ‘हामी दुबैले एकअर्कालाई केवल दुःखी बनाइरहेका थियौं’
Published: (Updated: )
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2019/02/malaika.jpg)
दम्पतीबीच जब गुनासो बढ्छ, मनमुटाब हुन्छ, फाटो आउँछ । तर, जीवनभर एकअर्काको साथ दिने बाचा गरेर जोडिएका सम्बन्धहरु कुनै मोडमा पुगेपछि दुई चिरा पर्छ। दाम्पत्य जीवनका लागि यो एक भयानक ‘दुर्घटना’ हो।
यस किसिमको दुर्घटनाले केवल ति दम्पतीको जीवनमा मात्र ठेस लाग्दैन, उनीहरुका छोराछोरी यसबाट सबैभन्दा बढी विक्षिप्त हुन्छन् । आफ्ना आमा र बुवाबीच आउने फाटोमा उनीहरु जिम्मेवार हुँदैनन्।तर, सजायको भागिदार भने उनीहरु नै हुन्छन् । आमा र बुवा अलग भइसकेपछिको अवस्थामा ति छोराछोरीले आफुलाई कसरी सम्हाल्छन् ?पीडादायी छ ।
यससँगै आफन्त, नातेदार, इष्टमित्र, समाजले उमेत उनीहरुको सम्बन्ध विच्छेदबाट ठूलो सास्ती व्यहोर्नुपर्छ । एक हिसाबले भन्ने हो भने, दम्पतीबीच हुने सम्बन्ध बिच्छेद समाजलाई नै नराम्ररी उथलपुथल बनाइदिन्छ ।
दम्पतीका आफन्तबीच वैमनस्य बढाइदिन्छ । उनीहरुमा जुन किसिमको हार्दिक सम्बन्ध हुन्छ, त्यो पूर्णत ध्वस्त हुन्छ ।
सम्बन्ध विच्छेदले निम्त्याउने यस्ता अनेकन समस्या छन् । यी समस्याबारे ति दम्पती पक्कै अनभिज्ञ हुँदैनन् । त्यसो भए किन उनीहरुले सम्बन्ध विच्छेद गर्छन् त ?
सम्बन्ध विच्छेद रहर वा लहडले गरिने कुरा होइन । जब दाम्पत्य जीवन एउटा जटिल मोडमा पुगेर गाँठो पर्छ, त्यसलाई फुकाउनका लागि दम्पतीसँग दुईवटा विकल्प रहन्छ । एक, दुबैले पुराना तुष, भ्रम, गुनासो आदि त्यागेर एकसाथ नयाँ ढंगले अगाडि बढ्ने । दुई, आफ्नो सम्बन्धलाई त्यही टुंगाउने ।
पहिलो विकल्प हुँदाहुँदा पनि अक्सर दम्पतीले दोस्रो विकल्प रोज्छन् । उनीहरुले नचाहेरै आफ्नो सम्बन्धलाई सधैका लागि टुंग्याउँछन् । हिजोसम्म एकअर्काको मन र मुटु भएर बसेका उनीहरु सधैका लागि पराई हुन्छन् । विरानो हुन्छन् ।
‘जीवनभर साथ दिने’ भन्दै जोडिएका सम्बन्धहरु सधै उसैगरी अगाडि बढ्दैन, जसरी हामी सोच्ने गर्छौं । श्रीमान् र श्रीमतीबीच कतिपय कुरामा मत मिल्दैन । उनीहरुको व्यवहार, प्रवृत्ति, स्वभावले पनि आपसी दुरी बढाउँदै लान्छ ।
अवस्था यस्तो आउँछ कि, दुबैलाई एकअर्काबीच विश्वास लाग्न छाड्छ । एकअर्काको आड भरोसा लाग्न छाड्छ । बरु, गुनासो र वैमनस्य बढ्छ । उनीहरुलाई एक अर्काको सामिप्य नै बिझाउन थाल्छ ।
यस्तो अवस्थामा आइपुगेपछि उनीहरुले अलग हुने निर्णय लिन्छन् ।
आखिर किन दम्पतीले एकअर्कालाई रुचाउन छाड्छन् ? किन उनीहरु सम्बन्धलाई बिट मार्ने निर्णयमा पुग्छन् ?
यसै सन्दर्भमा एक हिन्दी अनलाइनले अभिनेत्री मलाईका अरोरासँग कुराकानी गरेका छिन् । मलाईका र अरबाज खानबीच सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो । बलिउडकै महंगो सम्बन्ध विच्छेदले त्यसबेला निकै हंगामा मच्याएको थियो । सलमान खानले आफ्नो भाई-बुहारीको सम्बन्ध जोड्न अनेक यत्न नगरेका होइनन्, तर उनी असफल रहे । एउटा जवान छोरो हुर्काइसकेका मलाईका र अरबाजले आफ्नो सम्बन्धलाई दुई चिरा पारेरै छाडे ।
यद्यपी सम्बन्ध विच्छेदपछि पनि उनीहरुले एकअर्काको मर्यादा भने नाघेनन् । सम्बन्ध विच्छेदपछि पनि अरबाज मलाईकाकी आमाको जन्मदिन मनाउन पुगेका थिए । यसैगरी अरबाजका भान्जाको जन्मदिन मनाउनका लागि मलाईका पनि माल्दिभ्स पुगेकी थिइन् । उनीहरुले एकअर्काको पारिवारिक सम्बन्धलाई भने कायम राखे ।
अहिले चाहि मलाईका अर्जुन कपुरसँग डेट गरिरहेकी छिन्, अरबाज चाहि जर्जिया एन्ड्रियानीसँग । यसैबीच करीना कपुर खानको रेडियो शो ‘वाट वुमन वान्ट’मा मलाईकाले सम्बन्ध विच्छेदबारे कुराकानी गरेकी छिन् ।
कुराकानीमा मलाइकाले भनेकी छिन्, ‘हामी एकअर्कासँग बसेर बाँकी सबैलाई दुःखी बनाइरहेका थियौं । हामी यस्तो अवस्थामा थियौं कि, हाम्रो कारण सबैजना चिन्तित थिए । हाम्रो कारण अरु सबैको जिन्दगी प्रभावित भइरहेको थियो ।’
उनले थपेकी छिन्, ‘सम्बन्ध विच्छेद गर्नुअघि एक रात आफ्नो परिवारसँग बसेर कुराकानी गरें । मैले आफुले आफैलाई पनि सोधें कि म सत् प्रतिशत सम्बन्ध विच्छेद गर्न चाहन्छु र’ धेरै सोच विचार गरेपछि आफुले सम्बन्ध विच्छेद गरेको उनको भनाई छ ।
मलाइकाले यो निर्णय लिन सहज नभएको बताएकी छिन् । ‘यो कुनै आम निर्णय थिएन, जसलाई म चुट्कीमा लिन सक्थें । यस्तो अवस्थामा कसै न कसैको कमजोरी देखिन्छ र पार्टनरहरु एकअर्कामाथि औंला उठाउन थाल्छन् ।’
आफ्नो लागि यो निकै महत्वपूर्ण निर्णय भएको उनको भनाई छ । ‘मैले र अरबाजले यो निर्णय लिनुअघि एकदम धेरै कुरा गरेका थियौं’ मलाइकाले भनेकी छिन् ।
मलाईकालाई सोधियो, ‘सम्बन्ध विच्छेदपछि कसरी सबै कुरा व्यवस्था गरियो, अरबाजसँग कस्तो सम्बन्ध रह्यो ?
मलाइकाको जवाफ थियो, ‘मलाई लाग्छ कि जब तपाईंको सम्बन्धमा बच्चा हुन्छ, तब तपाईं थप गंभिर बन्नुपर्ने हुन्छ । अरबाज मेरो एकदमै राम्रो साथी हो साथै हामी राम्रो सम्बन्ध शेयर गरिरहेका छौं । हाम्रो सम्बन्धमा हाम्रो छोरो खुसीको एकदम महत्वपूर्ण छ ।’
Comments