Sajhamanch Archive

सलमानको ‘दबंग ३’ मा बबीको इन्ट्री

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

लामो समयदेखि बलिउड सुपरस्टार सलमान खानका फ्यान उनको ‘दबंग ३’ को प्रतिक्षा गरिरहेका छन् । बीच-बीचमा फिल्मसँग सम्बन्धित खबरहरु पनि बाहिर आइरहेको छ । अब यस फिल्मलाई लिएर एक खुसीको खबर बाहिर आएको छ । हालै फिल्मको कास्टिङमा भिलेनको नाम आएको थियो अब सपोर्टिङ रोलमा एक स्टारको नाम सार्वजनिक भएको छ ।

बलिउडका एक्सन सुपरस्टार बबी देओल फिल्म ‘रेस ३’ पछि सलमानसँग ‘दबंग ३’ मा जोडिएका छन् । हालै सलमानले बबीलाई फिल्ममा कास्ट गरेका हुन् । पछिल्लो केही वर्षयता उनीहरु निकै नजिक छन् । सलमानकै आग्रहमा बबीलाई ‘रेस ३’ लाई कास्ट गरिएको थियो । यो फिल्म असफल भए पनि अहिले बबीलाई कामको कमी छैन ।

खबरअनुसार, बलिउडका ुसोल्जरु बबी ‘दबंग ३’ मा चुलबुल पाण्डे उर्फ सलमान खानको साथीको भूमिकामा देखिनेछन् । फिल्ममा चुलबुल पाण्डेको कहानीलाई ुफ्ल्यास ब्याकु मा देखाइनेछ । यो ुफ्ल्यास ब्याकु मा सलमानसँग साथीको भूमिकामा बबी पनि देखिनेछन् । यस फिल्मलाई सलमानका भाई अरबाज खानले निर्देशन गर्नेछन् ।

सलमान खान अहिले आफ्नो नयाँ फिल्म भारतु को सुटिङ कम्प्लिड गर्नमा व्यस्त छन् । यसपछि उनले लगत्तै ‘दबंग ३’ मा सुरु गर्नेछन् । फिल्ममा रज्जोको भूमिकामा सोनाक्षी सिन्हा देखिनेछिन् । यस फिल्मको अघिल्लो दुई सिरिजमा पनि उनी सलमानको अपोजिटमा थिइन् । दुबै फिल्म बक्सअफिसमा जबरजस्त हिट साबित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *