Sajhamanch Archive

अमेरिकी सेनाले विराटनगरमा बनाइदियो सुरक्षाबास

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । अमेरिकी जल सेनाले सात करोड लागतमा निर्माण गरिदिएको सुरक्षाबास प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बुधवार संघीय सरकारको समन्वयमा अमेरिकी सेनाले सात करोड लागतमा निर्माण गरेको सुविधा सम्पन्न सुरक्षाबास (सेफ हाउस) प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

अत्याधुनिक महिला तथा बालबालिका अस्थायी सुरक्षाबास भवन अमेरिकी सेनाले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् ।

भवन अमेरिकी सरकारको तर्फबाट अमेरिकी जल सेनाका सर्जेन्ट केली मेभलर र कमाण्डर वाल्टर सिब्लीले मन्त्री थापालाई हस्तान्त्रण गरेपछि थापाले प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले हिंसाबाट प्रभावित भएका महिला, बेचबिखनमा परेका बालबालिकालगायतको अल्पकालिन संरक्षणका लागि सुरक्षाबास प्रयोग हुने बताइन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिंसा प्रभावित महिलाहरुको संरक्षणमा प्रदेश सरकारले थालेको अभियानलाई सहयोग पुगेको बताए । सात कट्ठा जग्गामा निर्माण गरिएको सुरक्षा बासमा भान्सा, सयन कक्ष, शौचालयसहित अत्याधुनिक १५ वटा कोठा छन् । भवनमा ३० जनासम्मलाई राख्न सकिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *