Sajhamanch Archive

नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं। सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् ।
‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले संवाददाहरुसँग भने । नेम्बाङले आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो भएको पेनड्राइभ अनुसन्धान अधिकृतलाई बुझाएका थिए ।

सार्वजनिक संस्थाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिरियरिङ कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने समूहको निजी स्वामित्वको बनाउने गरी मुद्दा मिलाउन पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए । घसुसम्बन्धी भिडियो सार्जजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । कान्तिपुर दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *