Sajhamanch Archive

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटयो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएको बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको भाउ ५ वर्षअघिकै अवस्थामा पुगेको थियो ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *