Sajhamanch Archive

शिवसताक्षीमा पाँच करोडको लगानीमा राधाकृष्ण मन्दिरसहित सत्संग भवन निर्माण हुने

Published: in समाज by .

माइधार । झापाको शिवसताक्षी न.पा. १० स्थित माइधारमा भूतपस्या स्थलसहित योग, सत्संग भवन र मन्दिरको शिलान्यास गरिएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा कनकाई माई पश्चिम निर्माण हुन लागेको सत्संघ भवनको क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्बुले शिल्यान्यास गरेका हुन् ।

स्थानीय दिव्यपथ महिला सरोकार समाजको अगुवाईमा भवन निर्माण हुने बताइएको छ।
साढे ४ कठ्ठा जमिनमा रु ५ करोड हाराहारीको लगानीमा योग हल, सत्संग भवन, भूतपस्या स्थल र राधा कृष्ण मन्दिर बनाउने योजना रहेको समाजकी अध्यक्ष विदुषी बृन्दा बरालले बताईन् । शिल्यान्यास गरिएको क्षेत्रमा गत बर्षको चैतमा विदुषी बरालले ९ दिन जमिनमुनी पसेर निराहार तपस्या गरेकी थिईन् ।

कार्यक्रममा प्रदेशसभा सांसद हिराबहादुर थापा, भारतको बृन्दाबनबाट आउनुभएका आचार्य पण्डित मेदेनीपति मिश्र, जग्गादाता श्रीप्रसाद गौली लगायत धार्मिक तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *