Sajhamanch Archive

प्रदेश सांसद ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको पार्थीव शरीरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान स्वर्गीय ओलीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे पनि बताएका छन् । प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्जन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ (ख) बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट विजयी सांसद ओली केही दिन अघि सवारी दूर्घटनामा परेर घाइते भएका थिए । ३७ वर्षका ओलीको आज बिहान उपचारकै क्रममा निधन भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *