Sajhamanch Archive

भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा पर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

कैलाली । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षल सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम निर्माण गर्न थालेपछि यस क्षेको बस्ती डुबानको उच्च जोखिममा परेको छ । भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो ।

वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको कैलारी ३ का वडाध्यक्ष कैलाश चौधरीले बताए । उनले भने, ‘अब वर्षातमा करिब १३ सय घरधुरी डु्बानमा पने निश्चित छ ।’ अग्लो ठाउँमा पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गर्न थालिएको छ बस्ती डुबानको उच्च जोखिममा परेको उनले बताए । नागरिक दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *