Sajhamanch Archive

चुलाचुली गाउँपालिकाले घर–घर गई हात्ती पाइलेको औषधी खुवाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

कमल । ईलामको चुलाचुली गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा शनिबार हात्तीपाईले रोग निवारण कार्यक्रमबारे अन्तरक्रिया गरिएको छ ।

चुलाचुली हात्तीपाइले रोग निवारणका लागि आइतबारदेखि सवै स्वास्थ्य केन्द्रहरुमा र सोमबारदेखि घरघरमा गएर औषधी खुवाइने जनाएको छ । गाउँपालिकाले हात्तीपाइलेको औषधी खान कोही पनि नछुटुन भनेर सबैका घर घर गई औषधी खुवाउने चुलाचुली गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख बद्री बरालले जानकारी दिए ।

नेपालमा सन २००३ देखि नै यो कार्यक्रम संचालन हुँदै आएको हो । हात्ती पाइले रोग प्रभावित ६१ जिल्लामा औषधी सेवन कार्यक्रम संचालन भई सकेको छ भने ३७ वटा जिल्लामा औषधी खुवाउने कार्यक्रम भैरहेको प्रमुख बरालले बताए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, दलका प्रतिनिधी , संघ संस्थाका प्रतिनिधीलाई जिल्ला जनस्वास्थ्य कार्यलय ईलामका भेट्रोल कन्ट्रोल अधिकृत विमल बरालले सहजीकरण गरेका थिए ।

२०७५ साल फागुन १५ गते प्रदेश नम्वर नं. १ का ५ वटा जिल्ला अन्तरगत झापा, ईलाम, मोरङ्ग, धनकुटा संखुवासभामा २ वर्ष देखि माथिका सम्पूर्ण व्यक्तिलाई हात्तीपाइलेको औषधी खुवाईने चुलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बद्री बरालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *