Sajhamanch Archive

एनएमसी कर्मचारी स्तरीय हाजिरी जवाफको उपाधि प्रधान कार्यालयलाई

Published: in खेलकुद by .

शनिश्चरे । नेपाल बहुद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को कर्मचारीस्तरीय हाजिरीजवाफको उपाधि प्रधान कार्यालयले जितेको छ । संस्था अन्तर्गतका विभिन्न १५ वटा कार्यालयलाई पछि पार्दै संस्थाकै कर्पाेरेट कार्यालयले उपाधि जितेको हो ।

शनिबार संस्था अन्तर्गतको शनिश्चरे कार्यालयमा सम्पन्न प्रतियोगितामा दुधे कार्यालय दोस्रो, धुलाबारी तेस्रो भए । त्यसैगरी शनिश्चरे कार्यालयले सान्तवना जित हासिल गरेको थियो । विजेता भएको प्रधान कार्यालयसहित दोस्रो, तेस्रोे र सान्तवना हुने कार्यालयले संस्थाको २६ औँ वार्षिकोत्सवको अवसरमा यही फागुन २४ गते चारपानेमा हुने कार्यक्रम नगदसहित प्रमाण पत्र हासिल गर्ने समितिका सदस्य सचिव धनेन्द्र तिवारीले बताए । कर्मचारीहरुको अध्ययनमा विकास गर्नका लागि यसप्रकारको प्रतियोगिताको आयोजना हुने गरेको संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनालीले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाकी उप प्रमुख कमला आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmमको सभापतित्व समिति संयोजक माधवचन्द्र प्याकुरेलको रहेको थियो । संस्था अन्तर्गतका सञ्चालक समिति सदस्य, विषयगत समिति, कार्यालयगत समिति तथा एकाइ समितिका पदाधिकारीको उपस्थिति रहेको कार्यव्रmमको सञ्चालन समिति सदस्य गोपाल प्याकुरेल र सावित्रा भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *