Sajhamanch Archive

भाषाशास्त्री पोखरेलको निधन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

विराटनगर । भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगरस्थित निवास आइतबार बिहान निधन भएको छ । उनको बिहान साढे एकबजे निधन भएको हो।

लामो समयदेखि काठमाडौँस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराएका थिए । ८६ वर्षे पोखरेलको घरमा निधन भएको हो।

उच्चरक्तचापका बिरामी प्राज्ञ पोखरेलका एक छोरा मुनाल र दुई छोरी त्रिपुरा खरेल र मुना घिमिरे रहेका छन्।

हाल विराटनगर–१० स्थित पोखरेल निवासमा मानिसको बाक्लो उपस्थिती रहेको छ। पोखरेलको आइतबार नै स्थानीय परोपकारघाटमा अन्त्यष्टि गरिने छोरा मुनाल पोखरेलले जानकारी दिएकाछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *