Sajhamanch Archive

राजनीतिक अधिकारका लागि बलिदानी गर्नु पर्ने समय सकियोः प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नु पर्ने समय सकिएको बताएका छन् ।

शहीद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारीहरुले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजवुद बनाउन सबैजना लाग्नु पर्ने बताए ।

“राजनीतिक अधिकार प्राप्ती मात्र पूर्ण लोकतन्त्र होइन । राजनीतिक अधिकारसँगै जनताका आधारभूत आवश्यकता पुरा भएको हुनु पर्दछ ओलीले भने, त्यो मात्र पूर्ण लोकतन्त्र हो । सरकार त्यही पूर्ण लोकतन्त्रको अनुभुति जनतालाई गराउन लागि परेको छ ” अब उनै शहीदहरुको सपना साकार पार्न सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्ने बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

शहीद आजातले नेपाल जनताको मक्ति, समानताका लागि जीवन आुहती दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने “मेरो उहाँसँग भेट हुन पाएन । उहाँलाई पढें र सुने मात्र मैले । म जेलमै हुँदा वहाँ मारिको खबर पांए । तर पनि उहाँलाई म बाटो नबिराउने गुरुको रुपमा स्मरण गर्दछु । ” उनले भने, ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आजातको स्मृति प्रकाशन गरिएको ‘सहिद ऋषिराज देवकोटा आजात ः नेपाली क्रान्तीका अभिमन्यू’ नामक पुस्तकको पनि बिमोचन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *