Sajhamanch Archive

गैर निर्माण व्यवसायीहरुबाट भवन निर्माण गरे कारवाही

Published: in विविधा by .

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्र कुनै व्यक्ति वा संघ संस्थाले भवन निर्माण गर्दा व्यवसायिक प्रमाण पत्र भएका निर्माण व्यवसायीहरुबाट मात्र भवन निर्माण गर्न सवैमा आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले सर्वसाधारणका लागि भवन निर्माण सम्बनिध सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

मेचीनगर नगरक्षेत्र भित्र व्यक्तिका तथा संस्थाका भवन निर्माण गर्न भुकम्प प्रतिरोधी भवन निर्माण गर्ने डकर्मीहरुलाई तालिम पश्चात नगरपालिकाबाट व्यवसायिक प्रमाण पत्र जारी गरिएको हुँदा तालिम प्राप्त व्यवसायिक प्रमाण पत्र भएको व्यक्तिहरुबाट भवन निर्माण गराउन सूचनामा भनिएको छ ।

अन्यथा गरी भवन निर्माण गरेमा कानुन अनुसार कारबाही हुने समेत सूचनामा उल्लेख छ । राष्ट्रिय भवन संहिता बमोजिम भूकम्प प्रतिरोधी भवन निर्माण गर्न स्वीकृत भवन मापदण्ड नीतिलाई कायम राखी कार्यान्वयनमा सहज होस भन्ने उद्देश्यले यो सूचना जाी गरिएको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *