Sajhamanch Archive

भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं।भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

दुई देशबीच तनाव भएपछि नेपालको भूमी प्रयोग गरी कुनै अबाञ्छित गतिविधि नहोस् विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय सुरक्षा कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० देवबहादुर बोगटीले जानकारी दिए । ‘नेपाल हुँदै भारत र ओहोर–दोहोर गर्ने विमान र यात्रु माथि निगरानी बढाइएको छ, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको छ’–उनले भने ।नेपाल समाचारपत्र बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *