Sajhamanch Archive

पाकिस्तानले खसाल्यो भारतको २ लडाकु जहाज, पाइलट पाकिस्तानको कब्जामा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ ।कास्मिरमा भारतीय वायुसेवा लडाकु विमान दुर्घटना भएको छ । मिग २१ लडाकु विमान काश्मिरको कलान गाउँमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उता पाकिस्तानले भने आफूले उक्त लडाकु जहाज झारेको दाबी गरेको छ ।

पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन् । सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ ।

भारतीय वायु सेनाको एउटा जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको छ भने अर्को भारततिरको कस्मिरमा खसेको गफुरले ट्विटमार्फत जनाएका छन् । पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन् ।

भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त लडाकु विमान मिग २१ ले श्रीनगर विमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठुलो आवाजसहित विमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्वस्त भएको छ । अहिले श्रीनगर विमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।

मंलवार मात्रै भारतीय लडाकु विमानले कास्मिरमा १००० केजी बम वर्ष गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *