Sajhamanch Archive

खोकीले सताएको छ ? उसोभए अपनाउनुस् यस्ता घरेलु उपायहरू

Published: in रोचक कुरा / टिप्स by .

अहिले जाडो याम चलिरहेको छ । यतिबेला चिसोका कारण जोकोहीलाई पनि खोकीले सताएको हुनसक्छ । हुनतः खोकीले जाडो या गर्मी दुवै सिजनमा लाग्न सक्छ । विभिन्न कारणले खोकी लाग्ने गर्दछ ।

कुनै सामान्य समस्याले पनि खोकी लाग्छ भने कतिपय अवस्थामा कुनै गम्भीर रोगको लक्षणको रुपमा पनि खोकी लाग्न सक्छ । हामी खोकी लागेमा तुरुन्तै औषधि पसमा गएर औषधि किनेर खान्छौं । तर, त्यसो गर्नु हुँदैन ।

डाक्टरलाई नदेखाई वा डाक्टरको सल्लाह नलिई जुनसुकै औषधि खानु हुँदैन । वा तपाईंलाई खोकी लागेको छ भने घरमै तपाईंले आफूमा लागेको खोकी रोक्न सक्नु हुनेछ । यहाँ हामीले खोकी रोक्ने केही घरेलु उापयहरु उल्लेख गरेका छौँ ।

–सुक्खा खोकी लागेको बेला अदुवा वा मरिच मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।

–मनतातो पानीमा नुन हालेर घोली घाँटी कुल्ला गर्नाले पनि सुक्खा खोकी घट्दै जान्छ ।

–सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ ।

–एक कप तातो पानीमा ५–७ वटा तुलसीको पात उमाल्नुहोस् । यसलाई चिसो गरेर दिनमा २–३ पटक पिउनुहोस् ।

–मेथीको दानालाई पानीमा उमालेर दिनमा २ पटक पिउनुहोस् । यसले निकै फाइदा पुर्याउँछ ।

–एक चम्चा महमा एक चिम्टी कालो मरिच पाउडर हालेर चाट्नुहोस् । दिनमा दुई पटक यसरी मह सेवन गर्दा खोकी चट् हुन्छ ।

–बिहान बेलुकका बेसारको धुलो दूधमा हालेर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत दिलाउँछ ।

–आधा कप अंगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहान बेलुका पिउनुहोस् । राहत पाउनुहुनेछ ।

–एक मुट्ठी किशमिशलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी हालेर दिनमा दुई पटक पिउनुहोस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *